अमेरिकामा तीन कारणले ग्यॅासकेा मूल्य बढ्येा

१,कोरोना महामारी सहज भएपछि ग्यासको माग बढ्येा
सन् २०२० को मार्चमा अमेरिकामा पहिलो पटक कोरोना महामारी सुरु हुदा राष्ट्रव्यापी लकडाउनका कारण अमेरिकनहरु घरमै आश्रय लिन थालेपछि ग्यास र तेलको माग घटै संगै मुल्य घटयो । अर्थतन्त्र ठिक भएपछि कोरोना भ्याक्सिन आयो र अमेरिकनहरुलाई यात्रा र किनमेल सुरक्षीत महसुस हुन पुग्यो । सडकमा सवारी बढे । सबै माग बढेपछि तेल र ग्यासको मुल्य पनि बढयो ।
२, तेल उत्पादनमा कटौती
कोरोना महामारीको समयमा ग्यास र तेलको माग घटेको बेला ओपेक र रुस जस्ता तेल उत्पादक राष्ट्रहरुले उत्पादनमा कटौती गरे जसलाई १० मिलियन ब्यारेलले घटाए । जसले विश्वव्यापी आपुर्तिको १० प्रतिशत प्रतिनधित्व गर्छ ।
तर ओपेक र रुसले महामारीको अन्त्य भए पनि उत्पादन बढाउन ढिलाई गरेकै कारण समस्या आयो ।
३,रुसमाथि अमेरिकी प्रतिबन्धले विश्व बजारमा असर
लगात्तार ग्यास र तेलको मुल्य बढनुमा युक्रेनमा रसिया युद्धले पनि ग्यासको मुल्य द्रुत गतिमा बढेको हो । त्यसो त अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी ग्यास र तेल आयातमा अमेरिकी प्रतिबन्धको घोषणा गरे । तर अमेरिकाले आफनो तेल र ग्यासको १० प्रतिशत मात्र रुसबाट आयत गर्छ । रुसमा निर्भर नरहेको अमेरिकी बजारमा ग्यासको मुल्य वृद्धि हुनुमा ठुलो विश्व तेल बजारका कारण रहेको विज्ञहरु बताउछन् ।