टेक्सस– टेक्ससको युलेश सिटी काउन्सिल सिटी काउन्सिल प्लेश ३ मा उम्मेदवारी दिएका मोहन ज्ञवालीको चुनावी अभियान शनिवार देखि सुरु भएको छ ।
चुनावी अभियानलाई व्यापक बनाउन चुनावी अभियानको कार्यालय स्थापना गरि सुरुवात भएको हो । उक्त कार्यक्रममा टेक्सस राज्यकी डेमोक्रृट उम्मेदवार टेरी मिजा टेरेजा लगायत टेक्सस राज्य सभा सासदका लागी प्रतिनिधत्व गर्ने सासदको उपस्थिति रहेको थियो ।

अप्रिल २५ देखि मे ३ सम्म हुने अर्लि भोटिङका लागी मोहन ज्ञवाली अहिले चुनावी अयिभानमा अग्रसर भइसकेका छन् । लामो समय देखि डेमोक्रेट पािर्टमा लागेका ज्ञवालीलाई सहयोग गर्न स्थानिय टेक्सस राज्यका डेमाक्रेट नेताहरुले समेत सहयोग गरेका छन् ।

मोहन ज्ञवालीको चुनावी प्रचार अभियान जोडतोडका साथ सुरुवात भएका छन् । अब उनि चुनावी मतदाताको मन जित्न घरदैलो अभियान समेत थाल्ने बताएका छन् । अमेरिकाको न्युयोर्कमा लामो समय बस्दा सामाजिक अभियानमा सक्रिय रहेका ज्ञवाली टेक्सस बसाइ पछि पनि सामाजिक अभियानलाई निरन्तरता दिइरहेका छन् ।

१९९६ मा गुल्मीबाट अमेरिका आएका ज्ञवाली नेपाली समुदायको सारथी मानिन्छन।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected