टेक्सासको डालासमा ए.एन.ए. कन्भेन्सन हुने
टेक्सस -ए.एन.ए. को आयोजना तथा नेपाली समाज टेक्सासको को सह-आयेाजनामा ड्य़ालास शहरमा नेपालीहरुको राष्ट्रिय सम्मेलन आउदेा जुलाई २-३ मा हुने भएकेा छ ।
कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयेाजित पत्रकार सम्मेलमामा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराइले जानकारी दिए ।
शनिवार आयोजित पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराइ र नेपाली समाज टेक्सास (एन एस टी) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिष्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा टेक्सासको डाल्लास क्षेत्रमा रहेका पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो। ए.एन.ए. बोर्ड अफ डिरेक्टर कृष्ण कुसुमले संचालन गर्नुभएको उक्त कार्यक्रमको अन्तमा पत्रकार तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुले राखेको सम्पूर्ण जिज्ञासाको जवाफ अध्यक्ष भट्टराई तथा कन्भेनर वाग्लेले दिएका थिए ।
सम्मेलनका चेयर तथा कन्भेनर द्वारा हस्ताक्षरित प्रेस रिलिजमा सवै संघ संस्थाहरुलाई जोडिएर यस सम्मेलनलाई नेपालीहरुको एउटै आवाजको रुपमा अघि बढाउँ अनुरोध समेत गरिएको छ। सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन/ब्रेन ड्रेन, डिजे/कन्सर्ट, स्पोर्ट्स को अलावा फिल्म फेस्टिभलको आयोजना गरिने जानकारी आयोजित पत्रकार भेटघाटमा गराइयो।
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई ए.एन.ए. महिना पनि भन्ने गरिन्छ। सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ। अमेरिकामा रहेका ठूला ठूला संस्थाहरुको आयोजनामा शुरु गरिएको नेपाली नेशनल कन्भेन्सन शुरु भएको हो।
यी कार्यक्रमहरुमा संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ-आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारी मूलक फोरम कार्यक्रमहरु राखिएको छ। उक्त कार्यक्रमहरु बाट नेपाली समुदायले प्रत्यक्ष लाभान्वित हुनसक्ने विश्वास गरिएकोछ।