अमेरिका– अमेरिकामा फेरि कोरानाभाइरसको नया भेरियन्ट फेला परेको छ ।
साइप्रसको एउटा ल्याबमा भएको अनुसन्धान पछि नया भेरियन्ट बारे पृष्ठि भएको हो । नया भेरियन्टको नाम डेल्टाक्रोन रहेको छ । यस अघिको कोभिडको भेरियन्ट ओमिक्रोन र डेल्टासंग यो मिल्दोजुल्दो भएको अन्तराष्ट्रिय संचारमाध्यमले विशेषज्ञहरुको हवाला दिदै उल्लेख गरेका छन् ।
अहिलेसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्यमा पनि यो संग मिल्दो प्रकारको संक्रमण देखिएको समाचार एजेन्सी युएस टुडेले जनाएको छ ।
डेल्टाक्रोन भेरियन्टले डेल्टा र ओमिक्रोन दुबैको असर देखिने बताइएको छ । यो भेरियन्ट फ्रान्समा पनि देखिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...