अमेरिका– अमेरिकाको न्युयोर्क निवासी एक मोडलले न्युयोर्क प्रहरी विभागलाई ३० मिलियन डलर क्षतिपुर्ति सहित मानहानी मुद्धा दायर गरेकी छिन् ।
न्युयोर्क प्रहरीले भुलवश अर्के अपराधीको ठाउमा वान्टेड भन्दै मोडल इभा लोपेजको फोटो राखेको थियो । यो देखेपछि मोडल इभाको आफुले टेकेको जमीन भासिएको महसुस गरेकी थिइन । तर प्रहरीले भने भुलवश अपराधीको ठाउमा उनको फोटो राखेको हो ।
डेली स्टारको रिपोर्ट अनुसार जब इभा आफनो प्रेमीसंग जहाज यात्राबाट उर्तिन । उनले आफनो फोन म्यासेजमा एक महिला अपराधीको तस्विर थियो र प्रहरीले खोजी रहेको थियो । जुन तस्विर उनको थियो । उनले प्रहरी सग कुरा गर्न चाहिन तर प्रहरीले सोसल मिडियाबाट फोटो हटाइसकेको थियो ।तर फोटो भाइरल भइसकेको थियो । मुख्य अपराधी भनिएकी महिलाले आफनो क्लाइन्टको लाखौ डलर चोरेर फरार भएकी थिइन । तर पीडितले सोसल मिडियामा सर्च गरेर इभाको फोटो देखाए र प्रहरीले त्यही फोटो प्रयोग गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected