अमेरिका-न्युयोर्कमा एक जना एशियन महिलालाई एक व्यक्तिले १२५ पटक भन्दा बढी मुक्का प्रहार गदै मरणाशन्न हुने गरि कुटपीट गरेका छन् ।

न्युयोर्क प्रहरी विभागले एक विज्ञप्ती जारी गदै मुक्का हान्ने व्यक्ति ४२ वर्षिय तम्मेल एस्कोको रुपमा पहिचान भएको छ । प्रहरीले उनलाई केही घन्टामा पक्राउ गरि हिरासतमा राखेको छ । ६७ वर्षिय एशियाली महिला साझ घर फर्कदा आफनो घरको भवन अगाडी ति व्यक्तिको निशानामा परेकी थिइन । ति महिला माथि टाउको अनुहार लगायत शरीरका विभिन्न भागमा प्रहार भएको थियो । महिलाको अनुहारको हड्डी भाचिएको छ र मस्तिषकमा रगत भएको समाचार छ ।
अमेरिकामा कोरोना भाइरस सुरु भएपछि हजारौ एशियनहरु मथि मौखिक देखि शारीरिक आक्रमण सम्मका घटनाहरु भएका छन् ।
२०२० मार्च १९ देखि २०२१ ीडसेम्बर २१ सम्म एशियाली अमेरिकन देखि प्रशान्त टापुबासी विरुद्ध १० हजार ९सय ५ वटा घृणाको अपराध रेकर्ड गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected