अमेरिका– कोरोना महामारीका कारण अमेरिकाको नागरिकता तथा आप्रपासन सेवा (युएससिआइएस) को दुई वर्ष सम्म सेवाहरु ठप्प जस्तै रहयो । नियमित सेवा रोकिदा आवेदन दिएर आवेदकहरु मर्कामा परेका थिए ।
अव भने युएससिआइएस ले आउदो जुन ४ देखि आफनो नियमित सेवाहरु पुनः खोल्ने र सुरु गर्ने सुचना जारी गदै जनाएको छ । कोरोनाका कारण दुई वर्ष युएससिआइएसमा सेवाग्राहीका काम नियमित हुन सकेन । सेवाग्राहीको सार्वजनिक सेवाका लागी दुई वर्षको लामो अन्तरालपछि युएससिआइएसले नियमित सेवा सुरु गर्न लागेको छ ।
अब भन् नियमित रुपमा उपस्थित भएर सेवाग्राहीले सेवा लिन सक्नेछन् । जुन ४ पछि युएससिआइएसका घरेलु कार्यालहरु खुल्ला भई नियमित तथा अतिआवश्यक सेवाहरु आवेदकहरुले लिन पाउनेछन् । असाइलम अन्तवार्ता देखि अन्य विभिन्न कारणले स्थगीत भएका नागरिकता लगाययतका अन्य आवेदकहरुको सेवा अब सुचारु हुने भएको छ । अमेरिकामा कोरोना महामारी सुरु भएपछि अमेरिकाको नागरिकता तथा आप्रवासनको नियमित सेवाहरु रोकिदा आवेदन दिएकाहरु प्रभावित भएका थिए । केही अतिआवश्यक बोहक अन्य सेवाहरु भने नियमित हुन सकेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected