टेक्ससमा सवारी दुर्घटनामा न्युमेक्सिको विश्वविद्यालयका ६ विद्यार्थी सहित सातको मुत्यु
अमेरिका– अमेरिकाको पश्चिम टेक्ससमा मंगलबार राती न्युमेक्सिको विश्वविद्यालयको गल्फ टोलीका सदस्य बोकेको भ्यान र पिकअप ट्रक एक आपसमा ठोक्दिा ९ जनाको ज्यान गएको छ ।
घटनामा विश्वविद्यालयका ६ विद्यार्थी सहित गल्फ प्रशिक्षकको ज्यान गएको हो । घटनामा दुई विद्यार्थीको अवस्था अति गंभीर रहेको बताइएको छ । ठोक्एिका दुई सवारीमा आगो लागेको टेक्ससका अधिकारीहरुले जनाएका छन् । विश्वविद्यालयले आफनो फोर्ड कम्पनीको भ्यान लिएर गल्फ टुनोमन्ट खेल्न टेक्सस आएको थियो । ९ जना विद्यार्थी प्रशिक्षक बोकेको विश्वविद्यालयको भ्यानमा सवार सात जनाको ज्यान गएको पृष्ठि भएको हो ।
दुर्घटना भएको बारे टेक्ससको हाइवे पेट्रोल टोलीले अनुसन्धान गरिरहेको छ । न्युमेक्सिको विश्वविद्यालयले घटना प्रति दुख व्यक्त गदै ज्यान गुमाउने परिवार प्रति समवेदना व्यक्त गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...