बल्र्ड टे«ड सेन्टर हमलाका आरोपीलाई मुत्युदण्डको सजाय कटौती गरि आजीवन काराबास हुन सक्ने
अमेरिका– अमेरिकाको वल्र्ड ट्रेड सेन्टर हमलाका आरोपी मध्येका पाकिस्तानी माष्टरमाइन्ट मानिने खालिद शेख मोहमद सहित चार कैदी माथि मुत्युदण्डको सजाय कम हुने देखिएको छ ।
अमेरिकी अधिकारीले एक सम्झौतामा यस सम्बन्धी कुरा सुरु गरेपछि यी कैदीहरुको मुत्युदण्डको सजाय आजीवन काराबासमा बदलिन सक्ने बताइएको हो । न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यसो भएमा पीडित परिवारलाई निराशा उत्पन्न हुन सक्ने बताइएको छ ।
सन् २००११को सेप्टेम्बर ११ मा बल्र्ड टे«ड सेन्टरमा भएको हमलामा ३ हजार भन्दा बढीको ज्यान गएको थियो । बन्दी जीवन बिताइरहेका उनीहरुको सजाय बदलिन बकीलहरु संग परामर्श भइरहेको समाचार स्रोतले उल्लेख गरेको छ । आरोपीत चार जनाको वकीलको अदालतमा भेटघाट भएको छ । यी चार आरोपी वकीलको हवाला अनुसार यो घटनाको बारेमा पुर्व जानकारी नरहेको दाबी गरिएको छ । वर्षोदेखि चलीरहेको यो मुद्धामा आरोपी भनिएका चार जनालाई फासीको सजाय बदलेर जन्मकैदमा दोषी ठहराउन सक्ने बताइएको छ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...





















