अमेरिका–आइटी तथा प्रविधी क्षेत्रमा लागेकाहरुलाई अमेरिकाले खुलाउदै आएको एचवान वी अर्थात रोजगारमा आधारित भिसाको दर्ता आज शुक्रबार अन्तिम डेटलाइन रहेको छ ।
अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले एक सुचना जारी गदै यस बारेमा जानकारी दिएको हो । आवेदनका लागी माइ युएससिआइएस मा अनलाइन अकाउन्टको प्रयोग गरेर १० डलर आवेदन शुल्क तिर्नुपर्छ । यो भिसाका लागी कामदारले अनलाइन दर्ता गर्न पाउदैनन । कामदारको दर्ता रोगजारदाता कम्पनीहरुले कामदारको विवरण अनलाइनबाट भरिदिनुपर्छ ।
मार्च ९ देखि खुलेको दर्ता २०२३ का लागी अनलाइन दर्ता भोली शुक्रबार पुरा हुदैछ ।
मार्च ३१ सम्म सफल भएका प्रतियोगीहरुको नाम सुचीत गरिनेछ । एचवान वी भिसा एउटा
्र गैर आप्रवासी भिष हो । यो भिसाका लागी ६५ हजार कोटा रहेको छ । यसका लागी योग्यता स्नातक वा सो भन्दा शैक्षिक योग्यता चाहिन्छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...