.
अमेरिका– अमेरिकाको भर्जिनियामा पत्नीलाई प्रेमीसंग रंगेहात समातेपछि रिसको झोकेमा पतिले प्रेमीलाई गोली हानी हत्या गरिदिएका छन् ।
समाचार अनुसार २६ वर्षिय टायलर लैमर जेनकिन्सले आफनै घरमा पत्नीलाई प्रेमीसंग सम्बन्ध बनाएको देखेपछि लगात्तार तीन गोली प्रहार गरेर प्रेमीको हत्या गरेका हुन ।
उनी माथि २८ वर्षिय टिमोथी पाल टैलीको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई उनकै घरबाट हिरासतमा लिएको छ ।
अदालती दस्तावेज अनुसार जेनकिन्सकी पत्नीले प्रहरीलाई दिएको बयानमा पति जब घरको बेडरुमा उनी प्रेमीसंग रमाइलो गरिरहेकी थिइन । त्यो देखेपछि पतिले प्रेमी माथि गोली प्रहार गरेको बताएकी छिन् । प्रहरीले पक्राउ गरेपछि उनले सफाइ दिदै भनेका छन्– आखिर मैले के गल्ती गरे । पक्राउ परेका जेनकिन्स २०१४ देखि अमेरिकी नौसेनामा कार्यरत रहेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...