नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्य सहित अमेरिकाको जोर्जियामा नेपाल भ्रमण वर्ष–२०२० प्रर्बद्धनात्मक कार्यक्रम हुदैछ ।
आउदो शनिवार नोभेम्बर ९गते एटलान्टको हिमालयन स्पाइसी रेष्टुराको सभाहलमा कार्यक्रम आयोजना हुन लागेको हो । नेपाली समाज जोर्जीया र नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) को सयुक्त आयोजनामा हुने कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले उदघाटन गदैछन् ।
नेपालको पर्यटनलाई बढवा दिन र धेरै भन्दै धेरै विदेशी पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिन यस्लाई नेपाल भ्रमणको निम्तो दिन यस्तो कार्यक्रम गरिएको  कार्यक्रम संयाेजक राजा घलेले जानकारी दिए ।
विदेशमा पनि नेपाल भ्रमण वर्षको व्यापक प्रचारप्रसार गर्ने उद्देश्य सहित नेपाल सरकारले कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । सरकारले विदेश स्थित नेपाली राजदुताबासहरुलाई जनवरी १ देखि नेपाल भ्रमण वर्ष २०२० मनाउन निर्देशन समेत दिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected