अमेरिका–अमेरिकाको न्युह्याम्सारमा आफनै सवारी भित्र जलेको अवस्थामा भेटिएको शब नेपाली युवा ४२ वर्षिय कुमार भट्टराई कै रहेको पृष्टि भएको छ ।
प्रहरीले लामो समयको अनुसन्धानपछि गाडी भित्र भेटिएको शब भट्टराई कै भएको पृष्टि गरेको हो । प्रहरीले बिहीबार परिवारजनलाई शब भट्टराई कै भएको जानकारी दिएको न्युह्याम्सारका सामाजिक अभियान्त ईश्वरी भट्टले युएसनेपाल पोष्टलाई जानकारी दिए ।
गत मार्च तीन तारिखमा परिवारबाट सम्पर्कबिहीन भएको भट्टराईको गाडी घर नजिकै जलेको अवस्थामा भेटिएको थियो । गाडीभित्र एउटा अनुहार नचिनिने गरि जलेको शब भेटिएको थियो । उक्त शब कसको हो भन्ने बारे पृष्ठि नभएपछि घटना रहस्मय बनेको थियो ।
शबको डेन्टल लगायतको परीक्षणपछि कुमार भट्टराई नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । तर घटना के कारणले घटेको हो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।
परिवारसंग सम्पर्क बिहीन भट्टराईको जलेको गाडी घर देखि ४ मिनेटको पैदल दुरीमा एउटा खाली चौरमा भेटिएको थियो ।
घटना विवरण अनुसार भट्टराई मार्च तीनको बिहीबार राती ९ बजेर १५ मिनेट जादा कार्यक्रम भएको घरबाट बाहिरिएका थिए । अबेर सम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
घटना बारे नजिकबाट बुझेका एक नेपाली अगुवाका अनुसार रातको २ बजे प्रहरी आएर बेपत्ता भएका भट्टराईको कार जलेको अवस्थामा फेला परेको परिवारलाई जानकारी दिएको थियो । गाडीमा के कारणले आगलागी भयो भन्ने बारेमा अहिले सम्म केही पत्ता लागेको छैन । घटना रहस्मय बनेको छ ।
पुर्वी मोरङ लेटाङका स्थायी बासिन्दा भट्टराई न्युह्याम्सारमा सामाजिक अभियानमा निकै सक्रिय मानिन्थे उनी समाजको सह कोषाध्यक्ष समेत रहेको बताइन्छ । भट्टराईको परिवारमा आमाबाबु तथा श्रीमति र दुई छोरा रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected