अमेरिका– अमेरिकाको मेरिल्यान्ड संसदले दशै विधेयक पारित गरेको छ ।
मेरिल्यान्ड राज्यको आजको हाउस अफ एसेम्बलीमा दशै विधेयक भारी मतले पारित भएको हो । अब नेपालीहरुको महान पर्व विजय दशमीले सांस्कृतिक चार्डको रुपमा मेरिल्यान्ड राज्यमा मान्यता पाएको छ । संसदमा विधेयकको पक्षमा डेमाक्रेट र रिपब्लिकन पार्टिले समर्थन गरेका थिए । बिधेयकको पक्षमा १२३ र विपक्षमा जम्मा ५ मत परेको थियो ।
अब हरेक वर्षको अक्टोबर ५ मा दशै डे मनाइने छ । मेरिल्यान्ड राज्य सभामा दशै विधयेक पास भएपछि विधेयकका योजनाकार तथा प्रस्तोता डा ह्यारी भण्डारीले हामीले इतिहास बनायौ सबैलाई बधाई भनेका छन् ।
यो विधयेक पास हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने सांस्कृतिक चाडको रुपमा मान्यता पाउनु रहेको मेरिल्यान्ड राज्य सभाका सांसद रहेका भण्डारीले बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected