टेक्सस–झण्डै तीन वर्षको अन्तरालपछि टेक्ससबासी नेपालीले धुमधामले यसपटक होली मनाएका छन् । कोरोनाका महामारीका कारण भव्य रुपमा जमघट भएर होली मनाउन नपाएका नेपालीहरुले यसपटक भने शनिवार युलेस स्थित बियर क्रिक पार्कमा धित मारेर होली खेल्न तम्सिए ।
यो होली हरेक वर्ष आयोजना गदै आएको युलेस नेपाली समाज र हिमालय खबरले संयुक्त रुपमा गरेको थियो ।
पार्कमा खचाखच नेपालीहरु रंग छदै विभिन्न संगीतमा होलीमा रमाए । होलीको रंगले नचिन्ने अवस्थामा रंग छ्याप्न एक आपसमा हानथाप देखिन्थयो । होलीमा बालबालिका देखि पाका सम्म रमाए ।
रंग, रमाइलो संगीत खेल, खाना तथा उत्सवको नारा सहित गरिएको कार्यक्रममा टेक्ससका विभिन्न भागबाट नेपालीहरु ओइरिएका थिए ।
नेपाली समाज युलेसले हरेक वर्ष आयोजना गदै आएको होलीको यो १८ औ संस्करण हो । होली कार्यक्रम दिउसो २ देखि साझ ६ बजेसम्म चलेको थियो । होलीमा रमाउ लेखिएका टिसर्टमा नेपालीहरु कार्यक्रम स्थलमा ओइरिएका थिए । होलीमा यसपटक उल्लेख्य रुपमा नेपालीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । पारिवारिक जमघट र मनोरञ्जनका लागी गरिएको युलेस सिटी काउन्सिलका सदस्य टिका पौडेलले बताए ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...