नेपाली समाज टेक्सस तथा इन्द्रेणी सांस्कृतिक संघको होलीमा झुमे नेपाली

टेक्सस– अमेरिकाको टेक्ससको ग्र्पभाइन पार्कमा आईतबार होलीले रंगीन बन्यो । विशाल तालको खाली चौरमा आयोजना गरिएको मेघा होलीमा नेपाली समुदायहरु रंगीए ।
नेपाली समाज टेक्सस तथा इन्द्रेणी सांस्कृतिक संघले गरेको कार्यक्रममा होलीमा रमाउन आउनेहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हरेक वर्ष नेपाली समाज टेक्ससले नियमित गदै आएको होली कार्यक्रम यसपटक पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित होली आयोजना ग¥यो । नेपाली मन्दिरका पण्डित मेघराज निरौला स्वस्ती वाचन गरि होली कार्यक्रम औपचारिक रुपमा सुरु गरेका थिए ।
होलीमा डिजेले बजाएको विभिन्न गीत संगीतमा आकाशमा होलीको रंग उडाउदै बालबालिका देखि तन्नेरीहरु कम्मर मर्काउदै नाचेका थिए । पार्कतिर टहलिन आएका अमेरिकन रैथानहरु समेत उत्सुक हुदै होली नियाली रहेका थिए । केही होलीको रग लगाएर रमाएको समेत देखिन्थे ।
होलीमा गीत संगीत संगै विभिन्न रमाइला खेलहरु समेत आयोजना गरिएको थियो । रस्साकस्सी देखि घैटो फुटाउने लगायतका विभिन्न रमाईला कार्यक्रमहरु आयोजना गरिएका थिए ।
होलीमा रमाउन टेक्ससका ड्यालस, फोटवर्थ, युलेस गेन्सभिल, ग्रेपभाइन लगायत आसपासका विभिन्न ठाउ“बाट नेपालीहरु ओइरिएका थिए ।
मेघा होलीम रमाउन आउनेहरुका लागी विभिन्न खानाका स्टल देखि विभिन्न कपडाको स्टल समेत राखिएको थियो ।
सबै नेपाली समुदाय उपस्थित भएर कार्यक्रमबाट मनोरञ्जन मात्र नभई हाम्रो संस्कृति र सस्कार भावी पुस्तालाई देखाउन यो मेघा होलीले सघाउ पुगोस भन्ने पनि हाम्रो उद्देश्य हो’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले बताए ।