अमेरिका– अफगानिस्तानमा तालिवान कब्जापछि त्यहॅाका राष्ट्रपति देखि उच्च मन्त्रीहरुले देश छाडे ।
यसै क्रममा अफगानिस्तानका पुर्व अर्थमन्त्री खालिद पायन्डाले पनि देश छाडेका थिए । अफगानिस्तान छाडेका पुर्व अर्थमन्त्री मन्त्री  अमेरिकामा छन ।अमेरिका आएका अफगानिस्तानी वित्तिय मन्त्री अहिले अमेरिकाको बासिङटन डिसीमा बसेर ट्याक्सी चलाएर परिवारको गुजारा चलाउदै आएका छन् । तालिलानले सत्ता लिनु अघि उनले अफगानिस्तान सरकारको तर्फबाट अर्थमन्त्रीको रुपमा  ६ अर्ब डलरको बजेट पेश गरेका थिए । तर आज उनी अमेरिकामा परिवारको दैनिक जीवन चलाउन ट्याक्सी चलाउन बाध्य छन् ।
उनको परिवारमा पत्नी र चार छोराछोरी छन् । बासिङटन पोष्टको खबर अनुसार उनले दैनिक ६ घन्टा ट्याक्सी १५० डलर भन्दा बढी कमाउछन् । उनका अनुसार दुई दिनमा ५० भन्दा बढी यात्रा गरेमा उनले ९५ डलरको बोनस पाउछन् । तालिवानले काबुल कब्जा गर्नु केही हप्ता अघि नै उनले अर्थमन्त्री मन्त्रीबाट राजीनामा दिएका थिए । तालिवानले पक्राउ गर्नु अगाडी नै देश छाडेर उनी परिवार सहित अमेरिका आएका हुन । अमेरिका आएर उनले अहिले नया जीवन सुरु गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected