हुलदंगाले कानुन हातमा लिदा महिला प्रहरी उर्मिलाको ज्यान गयो

मोरङ–जसको सेवा गर्ने खटिएकी एक महिला प्रहरी माथि नै उनिहरु जाइ लागे र आवेशमा हत्या गरिदिए । २६ वर्षिय महिला प्रहरी जवान उर्मिला श्रेष्ठ मोरङको लेटाङमा झडपमा परेर ज्यान गुमाइन । होली खेल्ने क्रममा एक विद्यार्थीलाई दुव्यहार गरेको शिक्षक मनोज पौडेल को विषयलाई लिएर स्थानिय विरोधमा उर्तिएका थिए । विरोधले उग्रलिएपछि सुरक्षाका लागी खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठमाथि नै अराजक जथ्था खनियो र उनलाई कसैले भीडबाट घाटीमा चक्कु लगायतका घरेलु हतियारले प्रहार गरे । घटनास्थलमा रगात्मय भएर ढलेकी उनलाई कोसी अस्प्ताल पुराएपछि मृत घोषित गरियो ।
ज्नताको सेवा गर्छु भेनर प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलालाई आज तिनै जनताको आवेगबाट ज्यान गुमाउनु प¥यो । घरपरिवार र आफन्त सबैको आखाभरी आसु बनाउदै उनी सधैका लागी संसारबाट विदा भइन । सहमति र सहकार्य छाडेर हुल दंगा र अराजकता देखाउने नेपाली समाजकै कारण आज एउटा राष्ट्रकी पहरेदार नेपाली प्रहरीले ज्यान गुमाइन । नेपाल सरकार जनतको जिउधनकै सुरक्षा गर्ने प्रहरी मार्नेलाई कानुनी कार्वाहीको कठघरामा कहिले पुराउने सबैको यही प्रश्न छ ?
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...