टेक्सस-नेपाली समाज, टेक्सास (NST) र इन्देणि संस्कृतिक समाजको संयुक्त आयेाजना  तथा नेपस्टार क्लवको सामुहिक संयोजनमा एन.एस.टि, नेपस्टार होली  मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ ।

NST अक्ष्यक्ष राजेन्द्र वाग्ले, NST पुर्व अक्ष्यक्ष सुमन थापा, युलेस काउन्सिल म्यान टिका पौडेल, र युलेस सिटिको काउन्सिल म्यानका उमेरद्वार मोहन ज्ञवालिले सयुक्त रुपमा  खेल उद्घाटन गरेका थिए ।

खेल युलेस पार्केमा संचालन भएको थियो । डालस भित्रका छ वटा टिमको सहभागिता रहेको खेलमा प्रथम स्थान कैलास भट्टकेा टिमले हात पार्येा ।त्यस्तै देास्रेा स्थान खेम  शाहीकेा  टिम  र तेस्रो स्थान इन्द्र शाहि को टिमले हात पार्येा ।

। खेलमा बेस्ट स्पाइकर खेम शाही बेस्ट लिफ्टर जिबा बुडा,बेस्ट डिफेण्डर पुस्कर खत्रि,मस्ट भेलुएबल खेलाडि कैलाश भट्ट ले हाल पार्ने सफल भए ।

खेलमा बिजय  टिमलाई NST का अध्यक्ष राजेन्द्र वाग्ले र NST पुर्व अध्यक्ष भुवन आचार्यले पुरस्कार र शिल्ड वितरण गरेका थिए ।खेलमा प्रथम हुनेले  एक हजार डलर, देास्रेा हुनेले  पाँच सय डलर र तेस्रेा हुनेले २ सय ५०डलरप्रमाणपत्र र ट्रफि प्रदान प्राप्त गरे । प्रथम पुरस्कार एक हजार डलरकेा प्रायेाजन राजन शाहले गरेका थिए ।

छोटो समयमा तयरि गरेर खेल एकदमै मैत्रिपुर्ण र मर्यादित रुपमा सम्पन्न भएको NST खेलकुद विभाग प्रमुख विजय भुसालले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected