टेक्सस– नेपाली समाज टेक्ससका आजीवन सदस्य सामाजिक अभियान्ता सिपिए कमल शर्माको असायमिक निधन भएको छ ।
बिगत एक वर्षदेखि दुर्लभ प्रकारको क्यानसरबाट पीडित शर्माको क्यारोलटनका अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
नेपाली समाज टेक्ससले एक शोक विज्ञप्ती जारी गदै शर्माको निधनमा दुख व्यक्त गरेको छ । समाजका अध्यक्ष राजेन्द्र बाग्लले द्धारा जारी विज्ञप्तीमा शर्मा निधनमा परिवानजनमा समवेदना प्रकट गरेको छ ।
नेपाली समाज टेक्ससको आजीवन सदस्य रहेका शर्मा डयालस फोटवर्थ क्षेत्रमा सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक काममा पनि त्यतिकै सक्रिय थिए । शर्माको बिहीबार बिहान दस बजे नेपाली समाज टेक्ससले ड्यालसमा अन्तिम दाहसंस्कार गर्ने भएको छ ।
श्रीमति दुई छोरा र एक छोरीका पिता शर्मा परिवार सहित ड्यालसमा बसोबास गदै आएका थिए । अत्यन्त दुर्लभ मानिने क्यानसरका कारण एक वर्षदेखि पीडित शर्माको अचानक निधन भएकोमा नेपाली संघसंस्थाहरुले समवेदना प्रकट गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected