अमेरिका– अमेरिका स्थित नेपाली राजदुताबासमा झन्डै एक महिनादेखि बन्द रहेको पासपोर्ट नविकरण तथा वितरण प्रकृया फेरि सुचारु भएको छ ।
अमेरिकाको बासिङटन डिसी स्थित नेपाली राजदुताबासले बिधुतिय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गरिएको जनाएको हो ।
दुताबासले एक सुचना जारी गदै यही मार्च २८ तारिक देखि बिधुतिय राहदानी आवेदन लिने कार्य सुरु हुने जनाएको छ ।
राहदानीका लागी अनलाइन आवेदन फाराम भर्दाको बेला नै राजदुताबासमा फाराम बुझाउने मितिर समय छनौट गर्न सकिने व्यवस्था रहेको छ । पुर्व निर्धारित मिति र समय अर्थात विना अपोइन्टमेन्ट राहदानी नविकरणका लागी दुताबासमा आउने सेवाग्रही आवेदन स्वीकार्य नहुने दुताबासले जनाएको छ ।
हुलाक मार्फत पठाइने आवेदनहरु समेत दुताबासले अब स्वीकार गर्नेछैन ।
राहदानी आवेदन सम्बन्धी सबै जानकारीका लागी राजदुताबासको बेभसाइट गक।लभउबझिदबककथ।नयख।लउ मा गएर हेर्न सकिनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected