अमेरिका– गत साता ओहायोको रेनोल्डबर्गबाट बेपत्ता भएका ४५ वर्षिय नेपाली भाषी भुटनिज निला ढकाल मृत फेला परेका छन् ।
उनी ओहायो स्थित ब्लेक लिक वुडस मेट्रो पार्कको जंगलमा मृत भेटिएका हुन । उनको बिहीबार पोष्टमार्ट सकेर प्रहरीले सम्बन्धीत परिवारलाई शब बुझाएको छ । ढकालको आज नै अन्तेष्टि गरिने आफन्त टिकाराम कुईकेलले युएसनेपाल पोष्टलाई जानकारी दिए । उनको शब रुखमा झुन्डिएको अवस्थामा फेला परेको आफन्तले बताएका छन् । उनको पार्क नजिकै गाडी समेत फेला परेको थियो ।
घटना के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । गएको बिहीबार अनायासै हराएपछि प्रहरीले समेत सुचना जारी गदै ढकालको व्यापक खोजी गरेको थियो । सन् २०१२ मा परिवार सहित ढकाल बेलडागी झापाबाट अमेरिका आएका थिए । ढकालको श्रीमति एक १४ वर्षका छोरा र एक ८ महिनाकी छोरी रहेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected