ओहायोमा ११ वर्षिय नेपाली बालक किस्मतको बन्दुक आक्रमणबाट मुत्यु
अमेरिका– अमेरिकाको अोहायोको नर्थ हिलमा ११ वर्षिय नेपाली भाषी बालक किस्मत सेङदानको टाउकोमा गोली लागेर ज्यान गएको छ ।
आफनै घरमा भुलवश अर्के बालकले बन्दुक चलाउदा सेङदानको ज्यान गएको एक्रोन प्रहरीले जनाएको छ । समिट काउन्टी मेडिकल परीक्षणको कार्यालयले किस्मतको टाउकोमा गोली लागेर मुत्यु भएको शुक्रबार पृष्टि गरेको हो ।सेङदानलाई आफनै घरको माथिल्लो तलाको बेडरुममा प्रहरीले गोली लागेर ढलेको अवस्थामा भेटाएको थियो । उक्त समयमा घरमा अरु कोही थिएनन । प्रहरीका अनुसार भुलवश गोली चलाउने सोही उमेरका अर्को बालकको हातमा बन्दुक रहेको बताएको छ । उक्त बालकको पहिचान प्रहरीले खुलाएको छैन ।
प्रहरीका अनुसार प्रहरीले सोधपुक्षका क्रममा घटना अगाडी नै तीन किशोर सहित अन्य केही व्यक्तिहरु घर छाडेर हिडेको बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । प्रहरीले बन्दुक कसको हो भन्ने बारेमा खोजी गरिरहेको छ ।
एक्रोन पब्लिक स्कुलका अनुसार सेङदानको कक्षा चार मा अध्ययन गर्ने विद्यार्थी रहेको बताईन्छ ।
भुटनिज कम्युनिटी एशोसिएसन अफ एक्रोनले घटनामा दुख व्यक्त गदै मृतआत्म प्रति श्रद्धान्जली व्यक्त गदै परिवार जनमा समवेदना प्रकट गरेको छ ।
सेङदानको आउदो मंगलबार नै अन्तिम दाहसंस्कार गरिने भुटनिज कम्युनिटी अफ एक्रोनले जनाएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...