अमेरिका-विश्व चर्चित ओस्कर अर्वाडमा उत्कृष्ठ अभिनेताको उपाधी विल स्मिथले जिते । अवार्ड जितेपछि स्मिथलाई झनै चर्चामा ल्यायो । कारण उनले कार्यक्रमको होस्ट गरिरहेका हास्यकलाकार क्रिस रक माथि अवार्ड समारोहमै थप्पड हाने ।
कमेडियन क्रिसले स्मिथ पत्नी पिंकेट बारे कार्यक्रममा मजाक गरेका थिए । त्यो देखेर स्मिथ पत्नी पिंकेट रिसाइन ।
अभिनेता स्मिथ त्यसपछि स्टेज उक्लेर हास्य अभिनेता रकलाई थप्पड हाने । रकले भने कुनै प्रतिकृया नै जनाएनन । बरु उनले हास्दै स्टेजमै भने–द्याट वाज नाइस ।
थप्पड हानेर दर्शक दिर्घामा फर्केका स्मिथले एकोहोरो रकलाई गाली गरिरहेका थिए । उनले रकलाई आफनो श्रीमतिको नाम नलिन भनेका थिए ।
घटनाको झण्डै ४० मिनेटपछि स्मिथ स्टेजमा सर्वोत्कृष्ठ अभिनेताको अर्वाड लिन स्टेजमा उक्लेका थिए । अगाडी थप्पड हानेको घटनाप्रति उनले क्षमा समेत मागेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected