अमेरिकामा जन्मदिन पाटिमा भुलवश बन्दुक चलाउदा दाजु र बहिनीको ज्यान गयो

अमेरिका– अमेरिकाको मिजौरी सेन्ट लुईसमा १२ वर्षिय बालिकाले भुलवश बन्दुक चलाउदा १४ वर्षिय दाजुको ज्यान गएको छ । दाजुको ज्यान गएपछि उनले आफै माथि गोली चलाउदा उनको पनि ज्यान गएको छ ।
१२ वर्षिय पैरिसले १४ वर्षिय दाजु कुआरोन हार्वी माथि गोली चलाउदा उनको घटनास्थलमै ज्यान गएको हो दाजुको ज्यान गएपछि डराएकी उनले घुमाएर आफै माथि गोली चलाइन र उनको पनि घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ । जन्मदिनको अवसरमा पार्टि मनाइरहेका बेला उनिहरुले इन्स्टाग्रामबाट लाइभ समेत दिएकमा थिए । लाइभको दौरान बाथरुममा पसेका उनिहरुले भिडियो सुट गर्न थाले । १२ वर्षिया बालिकाले कसैले थाहा नपाउने गरि घरमा रहेको बन्दुक लिएर आइन र दाजु कुआरोन माथि चलाएकी थिइन ।
बन्दुक घरमा कसरी आयो र कसको हो भन्ने बारेमा भने केही खुल्न सकेको छैन । प्रहरीले घटनाको बारेमा भने अनुसन्धान थालेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...