अमेरिका– बाइडेन प्रशासनले यसै साता कोरोना महामारी सम्बन्धी प्रतिबन्धित आदेश हटाउने संभावना देखिएको छ ।
बिगत दुई वर्षदेखि अमेरिकाको आप्रवासी अध्यागनलाई प्रभाव पारेको कोरोना महामारी सम्बन्धी सार्वजनिक स्वास्य आदेश हटाउने संभावना देखिएको हो । यो आदेशले आप्रवासीलार्य अमेरिका आएपछि शरण माग्ने अधिकार समेत दिनेछ । महामारी अघि मेक्सिको सिमामा बसेर शरण मागेकाहरुले यो अधिकार पाउन सक्ने संभावना छ ।
यो आदेशले मेक्सिको हुदै अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या धेरै हुने संभावना देखिएको एक रिपोर्टमा जनाइएको हो । यो आदेश सम्बन्धी परिवर्तन मे महिनाको अन्तय सम्ममा लागु हुने बताईएको छ । बाइडेन प्रशासनको यो नियमलाई भने रिपब्लिकनले नियन्त्रण बाहिरको भन्दै बिरोध जनाउदै आएको छ ।
यस अघि अमेरिकामा कोरोनाभाइरस पैmलिन सक्ने भन्दै कागज नभएका आप्रवासीलाई अमेरिकाबाट निष्कासन गरेर मेक्सिको पठाइएको थियो । सोही आदेश अनुरुप १ं.७ मिलियन कागजपत्र बिहिनलाई अमेरिकाबाट निष्कासन गरिएको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
अहिले हरेक दिन अमेरिकी सिमाहरुमा सिमा सुरक्षा अधिकारीहरुले ७ हजार बढी आप्रवासीहरुको सामना गरिएको छ । गएको मंगलबार मात्र होमिल्यान्ड सेक्युरिटी अधिकारीहरुले १८ हजार आप्रवासीहरुको सिमामा सामना गरेका थिए । विश्लेषकहरुले यसले डेमोक्रेटलाई चुनाव अघि गंभीर राजनितिक समस्या खडा गर्न सक्ने अनुमान गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected