बाल्टीमोर नेपालीहरुको संस्था बानाको अध्यक्षमा सुबोध विलास पन्त निर्वाचित
अमेरिका– बाल्टीमोर नेपाली समुदायको ठुलो संस्था बाल्टीमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को अध्यक्षमा सुबोध विलास पन्त निर्वाचित भएका छन् ।
पन्त पुनः दोस्रो कार्याकालको लागी अध्यक्षमा निर्वाचित भएका हुन । पन्तले अध्यक्षका प्रत्याशी हिरालाल गुरुङलाई पराजीत गरेका हुन । पन्तले ७३३ मत पाएका थिए भने हिरालाल गुरुङले ६ सय ५७ मत प्राप्त गरेका थिए ।
समितिको वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, उपाध्यक्ष भिम केसी, महासचिवमा सागर घिमिरे र कोषाध्यक्षमा पार्वती सिंह ऋचा निर्वाचित भए । समितिको सदस्यहरुमा इसा गुरुङ, खिमबहादुर मश्रांगी, सन्तोष घिमिरे, यमुना घिमिरे, श्यामकृष्ण कोइराला, सरु विश्वकर्मा, बसन्त बस्नेत र भुपेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...