अमेरिका–के वान अर्थात मंगेतर भिसा अमेरिकामा बसोबास गर्ने अमेरिकी नगारिकको मंगेतरलाई अमेरिका प्रवेशका लागी दिने भिसा हो । अमेरिकी नगरिकले अमेरिका बाहिर रहेका आफना मंगेतरलाई यो भिसामा अमेरिका बोलाएर विवाह गर्न पाउछन् । यसका लागी अमेरिकामा भएका नागरिकले आई १२९ फारम भरेर निवेदन दिनुपर्छ यसका लागी ५३५ अमेरिकी डलर शुल्क तिनुपर्छ ।
यो भिसामा मंगेतर अमेरिका आएको ९० दिन भित्रमा अमेरिकी ग्रिनकार्ड तथा नागरिकता बहाक संग विवाह गरिसक्नुपर्छ । अन्यथा मंगेतरले अमेरिका छाडनुपर्छ । विवाह अमेरिकी राज्य कानुन अनुसार हुनुपर्छ । सामान्यतः अमेरिकामा रहेका नागरिक तथा मंगेतर दुबै विगत दुई वर्षमा व्यक्तिगत रुपमा प्रत्यक्ष भेटेको भने हुनुपर्छ ।
सामान्य यो भिसा प्राप्त गरेर अमेरिका आउन मंगेन्तरलाई २०२२ मा १८ महिना लाग्ने अध्यागमन वकीलहरु बताउछन ।
विवाह अघि रिलेसनपिको प्रमाण प्रष्ट पानुपर्छ । यो भिसामा अमेरिकाले एक पटक मात्र प्रवेशको अनुमति दिन्छ ।
अमेरिकाको इमिग्रेसनलाई विवाह झुठो लाग्यो भने भिसा रद्ध हुन सक्छ र तपाईलाई सधैका लागी अमेरिका आउने बाटो बन्द हुन्छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...