१४ लाख डलर क्रिप्टो रकम घोटाला अभियोगमा टेक्ससका एक नेपालीलाई ४६ महिना जेल

टेक्सस– अमेरिकाको टेक्ससको अर्भिङमा बस्ने ४६ वर्षिय नेपाली दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सी मनि लन्ड्रिङ षडयन्त्र गरेको आरोपमा ४६ महिनाको जेल सजाय भएको छ ।
टेक्ससको पुर्वी जिल्लाका लागी अमेरिकी अधिवक्ता ब्रिट फेदरस्टनले बुधबार सजाय सुनाएको अमेरिकाको न्याय विभागले जनाएको छ । क्रिप्टोकरेन्सी १.४ मिलियन डलर घोटालामा व्यक्तिगत रुपमा भुषाल जिम्मेवार रहेको ठहर भएको छ । अपराधको झन्डै एक वर्षपछि उनलाई जेल सजाय सुनाइएको हो ।अबैध
रकमलाई बैध बनाउने प्रकृयालाई मनि लन्ड्रिङ भनिन्छ । अदालतमा पेश गरिएको जानकारी अनुसार भुसालले विभिन्न घोटाला गरेर निकालेको गैर आम्दानीको बहुवर्षिय सम्पत्ति शुद्धीकरणमा संलग्न थिए ।
भुसालले बैक खाता र मेलबक्स मार्फत घोटाला पीडितहरुबाट लुटिएको रकम लेनदेख गर्न प्रयोग गरेर अबैध धनको प्रकृति र स्रोत लुकाउन अबैध कारोबारमा संलग्न रहेको ठहर अमेरिकी न्याय विभागको छ ।
भुसालले अदालत समक्ष गएको २०२१ अप्रिल ३० मा मनि लन्ड्रिङ अपराध स्वीकार गरेका थिए । अदालतमा पेश गरिएको जानकारी अनुसार भुसालले भुषालका दुई सहयोगी भर्जिनियाका ३३ वर्षिय माणिक मेहतानी र ७५ वर्षि लोइस बायन्डलाई पनि अभियोग लगाइएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...