अमेरिकामा आप्रवासी आगमन दर घटेपछि कामदारको चरम अभाव

अमेरिका– अमेरिकामा आप्रवासी आगमन दर हवात्तै घटेपछि यहा“ कामदारको चरम अभाव भएको छ ।
ठुला कम्पनीहरुले दक्ष कामदारको अभाव झेलिरहेका छन् । पछिल्लो समय अमेरिकामा वार्षिक दस लाख आप्रवासी थपिने गरेको थियो । जुन डोनाल्ड ट्रम्प प्रशासनको समयमा निकै सुस्त भयो ।
अमेरिकामा अहिले एक तथ्याङक अनुसार २० लाख कामदार अभाव भएको छ । विशेष गरि स्वास्थय खाद्य क्षेत्र र होटलहरुमा बढी कामदारको अभाव भएको छ ।
कोरोना महामारीसंगै अमेरिका मेक्सिको सिमामा पर्खाल तथा कडा आप्रवासी नितिले आप्रवासी आगमन स्वात्तै घटन पुग्यो । आप्रवासी गिरावटले अमेरिकामा यहा“का रोजगारदाता कम्पनीहरुले कामदार अभाव सामना गर्नुपरिरहेको छ।
आप्रवासी सम्बन्धी ट्रम्पकालिन कडा प्रतिबन्धित नितिले आप्रवासी आगमन संगै केही आप्रवासी आफनै मुलदेशमा फर्किन बाध्य भए । त्यस लगत्तै कोरोनाको महामारीले आप्रवासी आगमनलाई प्रभावित बनायो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected