मोवाइल सेल्फी लतले यसरी बिर्गाछ अनुहारको सुन्दरता

अमेरिका– पछिल्लो समय मोबाईलबाट सेल्फी खिच्ने एउटा क्रेज नै बनेको छ । तर यही सेल्फी लिने लतले तपाईलाई दिर्घकालिन समस्या पनि दिन सक्छ । वैज्ञानिकका अनुसार सेल्फीले अनुहारको सुन्दरता समेत बिगार्न सक्ने बताएका हुन । सेल्फी लतका कारण यसको असरले अनुहार खराबी हुदा प्लाष्टिक सर्जरी सम्मको सहारा लिनुपर्ने अवस्था समेत आउन सक्ने वैज्ञानिक दाबी छ ।
यो सम्बन्धी शोध प्लाष्टिक तथा रिन्कस्ट्रक्टिब सर्जरी नामक पत्रिकामा प्रकाशित भएको हो ।
शोधको निष्कर्ष इन्टरनेट मिडिया को अप्रत्याशित दुष्परिणाम निम्त्याउने सक्ने भएकाले प्लाष्टिक सर्जन संग परामर्श लिनुपर्ने बताइएको छ ।
शोधकर्ताका अनुसार यदि युवायुवतिमा सेल्फी खिच्ने लत लागेको छ र यसको कारण उत्पन्न समस्यालाई टाढा राख्न प्लाष्टिक सर्जनको सहारा लिन पर्ने अवस्था आउने बताएका छन् । इन्टरनेट मिडियाबाट उत्पन्न समस्याको इन्टरनेट मिडियामा समाधान छैन ।
अध्ययनकर्ताको नेतृत्व गरेका डा बर्दिया अमिरलाकका अनुसार अधिक सेल्फी लिने बानीले विशेष गरि युवामा नाकको प्लाष्टिक सर्जरी गर्नुपर्ने अवस्था आउनेछ ।
विशेष गरि मोवाइल सेल्फीबाट व्यक्तिको सेल्फी नजिकबाट लिदा कुनै पनि व्यक्तिको असली छवि समेत देखिदैन । यो अध्ययनमा २३ महिला तथा सात पुरुषलाई सहभागी गराइएको थियो ।