अमेरिका–ग्रिनकार्ड दिलाउने नाममा नक्कली विवाह गराएर गैर अमेरिकीहरुबाट लाखौ रकम असुल्ने अमेरिकामा ११ जनालाई पक्राउ गरि कार्वाही अघि बढाइएको छ ।
विवाह र अध्यागमन ठगी धन्दा संचालन गरेर २० देखि ३० हजार डलर लिएर ग्रिनकार्ड दिलाउने भन्दै नक्कली विवाहको ठगी धन्दा चलाएपछि उनिहरुलाई कार्वाही अघि बढाइएको अमेरिकाको न्याय विभागले जनाएको छ ।
यसरी नक्कली विवाह गराएर ग्रिनकार्ड दिलाउन ठगी धन्दा संचालन गर्नेमा क्यालिफोर्नियाका अमेरिकी नागरिक, ब्राजिल तथा फिलिपिन्सका नागरिक रहेका छन् । उनिहरुले २०१६ अक्टोबर देखि २०२२ मार्चको बीचमा ४ सय जना आप्रवासीका लागी झुठो विवाह र जालसाजी अध्यागमन कागजपत्र अमेरिकाको नागरिकता तथा आप्रवासन सेवामा पेश गरेको उल्लेख गरिएको छ ।
उनिहरुले आफना ति ग्राहकलाई प्रशिक्षण समेत दिएर पति पत्नीको रुपमा युएससिआइएसमा अन्तर्वाताका लागी तयार पारेका थिए । अदालतमा उनिहरु विरुद्ध अहिले मुद्धा दायर भएको छ । अपराध ठहर भएमा उनिहरुलाई २ लाख ५० हजार जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुन सक्छ ।

ठगी विवाह एउटा गंभीर अपराध हो जसले अमेरिकाको कानुनी अध्यागमन प्रणालीको अखण्डतालाई खतरामा पार्छ अमेरिकाका अधिवक्ता रचेल एस रोलिन्सले भनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected