अमेरिका– राष्ट्रपति जो बाइडेनले आप्रवासी निति प्रति लिएको कदम डेमाक्रेट भित्र नै विभाजनको अवस्था ल्याउन पुगेको छ ।
बाइडेनले लिएको आप्रवासी प्रतिको लचिलो नितिले डेमाक्रेट भित्र नै असहमति देखिएको छ । बाइडेनको अध्यागमन मुद्धा अहिले राजनिति टाउको दुखाईमा परिणत भएको छ ।
पछिल्लो एउटा सर्वेक्षणमा अधिकांश अमेरिकनहरुले बाइडेनले लिइरहेको आप्रवासी सम्बन्धी अध्यागमन नितिलाई ठाडै अस्वीकार गरेको देखिएको हो ।
सर्वोक्षणले आगामी निर्वाचनमा ७८ प्रतिशत मतदाताहरुले रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने संभावना देखिएको छ । अमेरिकी मेक्सिको सिमा अहिले आप्रवासनको ठुलो मुद्धा बनेको छ ।
अमेरिकामा गैर आप्रवासी, लागुऔषधकर्ता तथा मानव बेचबिखन रोक्न सिमामा सुरक्षीत गर्न रिपब्लिकनहरुलाई मतदाताले साथ दिने सर्वेक्षण्मा देखिएको हो । तर बाइडेन प्रशासनले अमेरिकी मेक्सिको सुरक्षीत सिमालाई बेबास्ता गरेको मत सर्वेक्षणले देखाएका एनबिसी न्युजले सार्वजनिक गरेको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...