ीटकटक लाइभ गेममा पैसा कमाउन छाडा बोल्नेहरु

अमेरिका– टिकटक लाइभमा बसेर गेम खेलेर कमाउने धन्दामा केही लाइभ होस्टहरु अति अश्लिल गाली गलौज सहित प्रस्तुत हुने क्रम बढेको गुनासो आएको छ ।
पछिल्लो समयमा टिकटकमा लाइभ गेमको लोकप्रियता संगै बेहोसीमा गिफ्ट फ्याक्ने र गिफ्ट माग्नेहरुको होडबाजी संगै छाडा बोल्नेहरुले विकृति बढाएका हुन ।
टिकटकमा लाइभमा गेम खेलेर रकम आर्जन गर्न हद सम्म तल झरेर छाडा बोलेर प्लेटफर्म नै विकृत हुन थालेपछि लाइभ गेम बन्द हुनुपर्ने आवाज समेत उठन थालेको छ । मर्यादित भएर टिकटकमा लाइभ खेल्न खेल्न सुझाव समेत केहीले दिएका छन् ।
यसरी लाइभमा गेम खेल्ने क्रममा मर्यादा भुलेर जथाभावी बोल्न थालेपछि टिकटकमा मनोरञ्जन लिनेहरुलाई समेत टिकटक खोल्न असहज हुन थालेको हो । गेम खेल्ने त्रममा हार जीतका नाममा झगडा गर्ने र जथाभावी बोलेर टिकटकलाई दुर्गन्धित बनाउनेहरु केहीको टिकटकले अकाउन्ट समेत बन्द गर्न थालेको छ । केही गेममा बस्नेहरु मदिरा सेवन गरेर बर्बराउने समेत गरेका छन् ।
रातदिन टिकटक लाइभमा बसेर सुन्न नसकिने छाडा बोल्नेहरु अधिकांश विदेशमा बस्ने नेपालीहरु देखिएका छन् । यसरी लाइभ खेल अश्लिल बन्दै जादा टिकटक पारखीहरुलाई टिकटक खोल्न र रमाउन अप्ठयारो भइरहेको गुनासो आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected