अमेरिका–अमेरिकाको न्युयोर्कको बु्रकलिन रेल स्टेशनमा आज बिहान भीडभाडमा बन्दुक आक्रमण हुदा कम्तिमा १६ जना घाइते भएका छन् ।
कति हताहती भए भन्ने बारेमा अहिले सम्म कुनै यथार्थ विवरण आउन सकेको छैन । घटनास्थलमा सर्वसाधारणहरु रगतले लतपतिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा धेरै मात्रमा विष्फोटक पदार्थ समेत फेला परेको छ ।
घटना घटाउनु अघि आक्रमणकारी एक अश्वेत व्यक्तिले ग्यास मास्क पहिरिनुका साथै रेल स्टेशनमा एउटा विष्फोटक सिलिन्डर खसालेको प्रत्यक्षदर्शिलाई उदृत गदै प्रहरीले संचार माध्यमलाई बताएको छ । न्युयोकको बम डिस्पोजल टोली घटनास्थल पुगेर बम डिस्पोज गरेको छ । घटनामा हताहत भएकाहरुलाई नजिकको अस्पताल पुराइएको छ । घटना के कारणले घटाइयो भन्ने बारेमा केही खुलेको छैन ।
घटनास्थलमा मदिरा चुरोट तथा विष्फोटक पदार्थ भेटिएको थियो ।
बाइट हाउसकी प्रेस सचिव जेल साकीले घटना बारे राष्ट्रपतिलाई जानकारी गराएकी छिन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...