अमेरिका– फाइजर कम्पनीले अमेरिकामा ५ देखि १२ वर्षका बालबालिकालाई कोभिड–१९ को बुष्टर डोज दिने दिने प्रकृयामा अघि बढेको छ।
फाइजरले नया तथ्याङकलाई मध्यनजर राख्दै ५ देखि १२ वर्षका बालबालिकालाई अब छिट्टै बुष्टर डोज प्राप्त हुने बिहीबार जनाएको हो ।
फाइजर तथा उसको साझेदार बायोएनटेकले प्रेस विज्ञप्ती जारी गदै एउटा छोटो अध्ययनमा भ्याक्सिनको दोस्रो डोज लगाइसकेका १४० जना बालबालिकालाई ६ महिनाको अन्तरालमा बुष्टर डोज दिएको थियो । यो अनुसन्धानमा बुष्टर डोज दिएका बालबालिकामा प्रतिरक्षा शक्ति बढाएको बताएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले पनि ५ देखि १२ वर्ष का बालबालिकालाई बुष्टर डोजको अनुमति दिन माग गरेको छ ।
अमेरिकामा पछिल्लो समय कोरोना संक्रमणको प्रभाव अति नै न्युन भएको छ ।
अमेरिकी स्वास्थ अधिकारीहरुले यस अघि नै यस अघि नै बालबालिकालाई बुष्टर डोज दिन आग्रह गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected