अमेरिका– पछिल्लो समय प्रकाश सपुतले निकालेको पीर गीत सर्वाधिक चर्चित बन्यो । गीतको चर्चा संगै गायक सपुतको लाइभ प्रस्तुती हेर्ने डिमान्ड विदेशमा हवात्तै बढेको छ ।
गायक सपुत आफनो सांगीतिक प्रस्तुती दिन अमेरिका आइपुगेका छन् । अमेरिकाको न्युयोर्कमा हुने प्रकाश सपुत लाइभ इन न्युयोर्क कार्यक्रममा सहभागीका लागी शुक्रबार उनी न्युयोर्क आइसकेका छन् ।

ड्रिम्स युनिभसलले गायक सपुतलाई अमेरिका निमन्त्रणा गरेर कार्यक्रमको चाजोपाजो मिलाएको हो । आउदो अप्रिल २२ तारिक न्युयोर्कको क्वीन्समा प्रकाश सपुतले आफनो लाइभ प्रस्तुति दिनेछन् ।
यो संगै प्रकाश सपुतले नेपालीहरुको अधिक बसबोस रहेको टेक्ससको ड्यालस सहरमा पनि लाइभ प्रस्तुती दिदैछन् । आहा प्रोडक्सन युभा फिल्मसले आगामी मे २० मा गायक सपुतको लाइभ प्रस्तुती आयोजना गरेको छ ।
गायक सपुतले यी दुई अमेरिकी राज्यमा मात्र हैन नेपालीहरु बसोबास गरेको अन्य राज्य पनि लाइभ प्रस्तुती दिने कार्यक्रम रहेको छ।
आयोजकले दिएको जानकारी अनुसार गायक सपुतले अमेरिकाका दर्जन भन्दा बढी राज्यमा आफनो लाइभ प्रस्तुती दिदैछन् ।


गायक सपुतले आफनो प्राय हरेक गीतमा विदेशमा रहेका नेपालीहरुको भावनालाई समेटदै आएका छन् । यही भएर पनि उनको गीत विदेशमा बस्ने नेपालीहरुको रोजाईमा पदै आएको छ ।
गायक सपुतको बोल माया, यो देश हाम्रो नि हैन र, गलबन्दी च्यातियो लगायतका गीतहरु लोकप्रिय रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected