अमेरिका– अमेरिका मेक्सिको सिमामा आप्रवासी आगमन गएको मार्च महिनामा सन् २००० यताकै उच्च स्तरमा बढेको छ ।

अमेरिकाको भन्सार तथा सिमा सुरक्षाका अनुसार गएको मार्च महिनामा २ लाख २१ हजार  आप्रवासी आगमन भएको हो । यो सन् २००० यता कै उच्च आगमन भएको बताइएको छ ।
अमेरिकाको सिमा सुरक्षाले गत महिनामा मेक्सिको सिमामा यति धेरै आप्रवासी आगमन भएको रेकर्ड गरेको हो । सबै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोजेका  विभिन्न मुलुकका आप्रवासी हुन ।
पछिलो समय बाइडेन प्रशासनले सिमामा खुकुलो निति ल्याएपछि गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी बढेका छन् । यस अघि ट्रम्पकालमा यसरी सिमाबाट अमेरिका प्रवेश गर्न खोज्नेलाई कोरोना महामारीको कारण देखाउदै सिमाबाट आफनै देश निष्कासन गरिएको थियो । तर बाइडेन प्रशासनले ट्रम्पकालिन उक्त नितिलाई खारेज गरिदिएको छ । ट्रम्पले अवलम्बन गरेको निति आउदो मे २३ मा म्याद सकिदैछ ।
अमेरिकी अध्यागमन अधिकारीले गएको मार्च महिनामा शीर्षक ४२ अन्तर्गत १ लाख ९ हजार ५४९ आप्रवासीलाई देश निकाला गरेको थियो । जुन सबै आप्रवासीको झण्डै ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यस्तै गत महिना नै अमेरिका आएका १ लाख ११ हजार आप्रवासी र शरणार्थीहरुलाई नियमित अध्यागमन अन्तर्गत असाइलम गर्न अनुमति दिइएको छ ।

गएको मार्चमा अमेरिकी सिमा अधिकारीहरुले ६५ हजार ७७१ आप्रवासीहरुलाई अदालतको सुचना र प्यारोल भनेर चिनिने प्रकृया अन्तगर्त रिहा गरेको थियो । त्यस्तै २४ हजार आप्रवासीलाई अध्यागमन र भन्सार हिरासतमा पठाइएको थियो । झण्डै ९ हजार आप्रवासी अप्रिल ३ सम्म हिरासतमा रहे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected