अमेरिकामा दुई सय सहभागी भएको पार्टिको दौरान बन्दुक आक्रमण
अमेरिका– अमेरिकामा बन्दुक आक्रमणका घटनाहरु एक पछि अर्को गदै दोहोरिन थालेका छन् । आईतबार बिहानै पिट्सवर्ग सहरको एउटा घरमा चलेको पािर्टको दौरान बन्दुक आक्रमणमा दुई जनाको ज्यान गएको छ । घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।
घटना पछि अत्तालिएका सर्वसाधारण झयाल बाट समेत फाल हानेर भागीरहेका थिए ।
आक्रमणकारीले दस जना माथि अन्धाधुन्ध गोली चलाएको स्थानिय प्रहरीले जनाएको छ ।
भाडामा लिएको एउटा हलमा दुई सय जना सहभागी रहेका थिए । उक्त पार्टिमा ५० गोली चलाइएको प्रहरी प्रवक्ता कारा क्रुजले बताएका छन् । घटनास्थलमा प्रहरीले राइफल तथा पेस्तोलको गोलीको खाली खोका फेला पारेको छ । प्रहरीले आक्रमणकारीको खोजी जारी राखेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...