अमेरिका– अमेरिकाकाको फलोरिडाका एक व्यक्तिले २९२ पटक स्याइडरम्यान नो वे होम सिनेमा हेरेर विश्व रेकर्ड बनाएका छन् । रामिरो एलानिस नामकका युवाले सिनेमा हेर्नका लागी ७२० घन्टा सिनेमा हलमा बिताएका थिए । सिनेमा हेर्न टिकटका लागी उनले ३ हजार ४ सय डलर खर्च गरेका थिए । उनले एक दिनमा १२ घन्टा २० मिनेटको समय सिनेमा हेर्नमा बिताए । उनले रेकर्ड बनाउनका लागी सिनेमा छाडेर कही काम समेत गर्न पाएका थिएनन । यो सिनेमा हेर्ने दौरान उनलाई रेष्टरुम जान र फोन हेर्न समेत अनुमति थिएन । एउटा मुभि थिएटरका अनुसार उनले हरेक पटक सिनेमालाई पुरा हेरेका छन् ।
स्पाइडर म्यान नो वे होमले २०२१ मा १.८९ बिलियन डलर भन्दा बढी कमाई गरेको थियो । अहिलेसम्मको अधिक कमाई गर्ने सिनमा यो बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected