अमेरिका– अमेरिकामा यतिबेला सामाजिक संजालहरुमा एउटा गोरिल्लाको निकै चर्चा भइरहेको छ ।
अमेरिकाको शिकागोको लिन्कन पार्क जु मा रहेको आमेयर नामको गुरिल्लाको चर्चा भएको हो ।
१९० किलोको यो गुरिल्लालाई स्मार्टफोनको लत लागेको छ । जु मा पुग्नेहरु संग सेल्फी लिने देखि युटयुबमा भिडियो हेर्न गुरिल्लाको लत बसेको हो ।
डेली स्टारको एउटा रिपोर्ट अनुसार आमेयर नामको यो गुरिल्लाको स्मार्टफोनको लत लेखेर सबैलाई आश्चार्य बनाएको छ । फोनमा भुलेपछि गुरिल्लाको ध्यान अन्यत्र जान छाडेको छ ।
गुरिल्लाको यस्तो लत देखेर जु का कर्मचारी लत कसरी छुटाउने भनेर चिन्तित हुन थालेका छन् ।
घुम्ने आउनेहरुले फोनको स्क्रीन गुरिल्ला तर्फ घुमाउने गरेका छन् र त्यसको लत गुरिल्लालाई बसेको छ । फोनका कारण जु मा अन्य साथीहरुसंग गुरिल्ला नजिक हुन समेत छाडीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected