अमेरिका– अमेरिकाको डेमाक्रेट पार्टिका ५ सांसद सहितको एउटा टोली शुक्रबार नेपाल भ्रमणमा जाने भएका छन् ।
अमेरिकी कग्रेसको माथिल्ला सदनका चार सिनेटर र तल्ला सदनका एक सदस्य सहित डेमाक्रेट सांसदको टोली नेपाल भ्रमणमा जान लागेको हो ।
अमेरिकी संचार माध्यम द हिलले सिनेटर मार्क केली संगै कोरी बुकर, क्रिस्टन गिलिब्रान्ड, एड मार्की तथा तल्लो सदनका मोन्डेयर जोन्स नेपालको भ्रमणमा जान लागेको उल्लेख गरिएको छ ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा पराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटघाट गर्ने कार्यक्रम रहेको पराष्ट्र उच्च स्रोतले उल्लेख गरेको छ ।
अमेरिकी सांसदको टोली युक्रेनको पक्षमा समर्थन जुटाउन नेपाल संगै पोल्यान्ड, भारत, जर्मनी तथा साउदी अरब सहित ९ दिने विशेष भ्रमण गर्नेछन् ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...