अमेरिका–अमेरिकामा बन्दुक संस्कृति हिंसाको प्रमुख कारण बन्न पुगेको छ । अमेरिकामा बन्दुक राख्न पाउने सहज कानुनका कारण पनि हिंसाका घटनाहरुमा बढोत्तरी भएको हो ।
२०२२ को सुरुवात संगै अहिलेसम्म १४० भन्दा बढी सामुहिक बन्दुक आक्रमणको घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो तथ्याङ्क गन भायोलेन्स अर्काइभले यसै साता जारी गरेको हो । यो संगै अमेरिकामा ५ वटा सामुहिक हत्याको घटना समेत भएको छ । अनुसन्धानकर्ताले प्रतिदिन ७ हजार ५ सय विभिन्न स्रोतहरुबाट तथ्याङ्क संकलन गरेर घटनाको संख्या जोडेर यो रिपोर्ट सार्वजनिक गरेको हो ।

बन्दुक नियन्त्रण गर्न बहस चल्दै
अमेरिकामा पछिल्लो एक दशक यता नश्लबादको घटनामा बृद्धि भएको छ । अमेरिकामा बन्दुक राख्न पाउने सबैधानिक अधिकार रहेको छ । यही कारण पनि अमेरिकामा दिनहु फायरिङ र गोलाबारीका घटनाहरु बढीरहेका छन् । बन्दुक आक्रमणको घटनाहरु सगै अहिले बन्दुक नियन्त्रण गर्ने तर्फ आवाज चौतर्फी उठेको छ । राजनितिक रुपमा समेत यस सम्बन्धी बहस चलीरहेको छ ।
अर्कोतर्फ बन्दुक नियन्त्रणका विरोधीहरुले भने समस्या बन्दुक नभएको बताउदै उनिहरुले बाइडेन प्रशासनलाई दोषारोपण गदै आएका छन् । बाइडेन प्रशासनको खराब सामाजिक आर्थिक नितिका कारण गरीबी, घरबार बिहीन तथा सामाजिक उथलपुथल भएको आरोप उनिहरुको छ ।

बाइडेन प्रशासनको बन्दुक नियन्त्रणको प्रयास
बाइडेन प्रशासनले बेला बेलामा बन्दुक आक्रमणबाट आक्रान्त मुलुकलाई संबोधन गदै आएका छन् । उनले घोष्ट गन को प्रसार रोक्ने प्रस्ताव पनि अघि सारेका छन् । यो नितिले मुलुकमा घटीरहेका घटनालाई रोक लगाउन सकिने छ । बन्दुक किनबेचमा समेत अपराधिक पृृष्ठभुमी जाच गरिनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected