कोलोराडोमा बाटो काटने क्रममा सवारीले ठक्कर दिदा नेपाली युवाको मुत्यु

अमेरिका– अमेरिकाको कोलोराडोको बोल्डर काउन्टीमा सवारी ठक्करबाट नेपाली युवा ३८ वर्षिय देवराज सापकोटाको निधन भएको छ ।
सापकोटाको बाटो काट्ने क्रममा होण्डा कारले ठक्कर दिएपछि उनको ज्यान गएको हो । उनी कोलोराडोका बोल्डर काउन्टीका बासिन्दा रहेको बताइएको छ । अन्दाजी २५ वर्षिय महिलाले चलाएको कारले सापकोटालाई ठक्कर दिएको थियो । बाटो काटने जेब्रा क्रसिङबाट बाटो नकाटेकोले ठक्कर दिने महिलालाई कुनै अपराधको आरोप लगाइएको छैन ।
धादिङ का स्थायी बासिन्दा सापकोटाको निधन प्रति नेपाली समाजले शोक व्यक्त गरेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...