अमेरिकाका पुर्व राष्ट्रपति ट्रम्प बाइडेन प्रशासनमाथि खनिए
अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प वर्तमान बाइडेन प्रशासन प्रति रुष्ट देखिएका छन् । उनले राष्ट्रपति जो बाइडेनलाई अहिले अमेरिकाको कठिन अवस्थाको जिम्मेवार राष्ट्रपति बाइडेन रहेको कटाक्ष गरेका छन् । उनले अहिले अमेरिकालाई बाइडेन प्रशासनले अस्तव्यस्त बनाएको आरोप लगाएका छन् । ट्रम्पले शनिवार आयोजना गरिएको एउटा कार्यक्रममा उनले गएको चुनावमा धाधली तथा भोट चोरी भएको समेत बताए । अहिले हाम्रो मुलुक ध्वस्त भइरहेको छ, नरकमा परिणत भइरहेको छ उनले भने–‘हामीले कहिल्यै मुलुकको यो अवस्था देखेका थिएनौ ।’
उनले अमेरिकामा हामीसग यस्ता राष्ट्रपति छन्, जसलाई अहिले के भइरहेको छ केही पत्तो नभएको भन्दै मजाक उडाएका छन् । उनले राष्ट्रपति बाइडेनले अहिले हावार्संग हात मिलाइरहेको समेत टिप्पण्ी गरे । उनले बाइडेन प्रशासन अहिले अमेरिकामा बढेको पेट्रालियम पदार्थ तथा मुद्रास्फुर्तिका लागी समेत जिम्मेवार भएको आरोप लगाए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...