शिव शर्मा
टेक्सस– भद्र स्वभाव तथा हसिलो मुहार । त्यस्तै बोलीमा मिठास मोहन ज्ञवालीको परिचय हो । अमेरिकाको न्युयोर्कमा लामो समय बस्दा नेपाली समुदायका सारथी बनेका ज्ञवाली सबैका प्रिय बनेका थिए । रिजबुड नेपाली समाज मार्फत उनले नेपाली समुदायका लागी उल्लेख्य काम पनि गरे ।
सबैले मोहन ज्ञवालीलाई सहयोगी भावनाका सामाजिक अभियान्ताका रुपमा चिन्दै आएका छन् ।


नेपाली समुदायको सुख–दुखका सारथी ज्ञवाली न्युयोर्कको लामो बसाई पछि मिनि नेपालको रुपमा चिनिएको टेक्सस राज्यमा झण्डै चार वर्ष अघि बसाई सरेर आएका हुन । टेक्सस आएपछि पनि ज्ञवाली नेपाली समाजको गतिविधीमा निरन्तर सक्रिय हुदै आएका छन ।
नेपाली समाज र समुदायका लागी परिचित नाम मोहन ज्ञवाली यतिबेला अमेरिकाको मुलधारको राजनितिमा अग्रसर भएका छन् ।
अहिले ज्ञवाली नेपाली समुदायको अधिक बसोबास रहेको युलेस सहरको काउन्सिल सदस्यको उम्मेदवारको रुपमा उभिएका छन् । ज्ञवालीले युलेस सिटी काउन्सिल प्लेस–३ का लागी उम्मेदवारी दिएका छन् । भोली सोमबार देखि अर्लि भोटिङ सुरु हुदैछ । मे तीन तारिक सम्म अर्लि भोटिङ गर्न सकिनेछ । यसपटक युलेस सिटी काउन्सिलको सदस्य बनाउन ड्यालस फोटबर्थ क्षेत्रका नेपालीहरु ज्यान दिएर लागेका छन् । चुनाव प्रचार अभियान व्यापक भइरहेको छ । स्वयं ज्ञवाली पनि आफनो भोट माग्न घरदैलो अभियानमा दौडीरहेका छन् । नेपाली समुदायले पनि ज्ञवालीको नाम अंकीत टिर्सट लगाएर चुनाव प्रचार अभियानलाई सहयोग गरिरहेका छन् ।

स्थानिय डेमाक्रेट पािर्टका उम्मेदवारहरुले समेत मोहन ज्ञवालीको प्रचार प्रसारलाई व्यापक बनाइदिएका छन् । ‘हामीले यस अघि पनि टेक्सस राज्यको स्थानिय तहमा उठेका नेपाली उम्मेदवारलाई सहयोग गरेका थियौ’ चुनावी प्रचार अभियानमा लागीरहेका नेपाली समाज टेक्ससका सदस्य विजय भुषाल भन्छन्– ‘यसपटक पनि मोहन ज्ञवालीको अभियानमा जोडिएर प्रचारात्मक अभियानलाई अगाडी बढाइरहेका छौ ।’

त्यसो त मोहन ज्ञवाली अमेरिकाको ३० वषको बसाईमा अमेरिकाको डेमाक्रेट पार्टिको राजनितिमा लामो समयदेखि सक्रिय रहदै आएका छन् । यही भएर पनि उनको डेमाक्रेट पािर्टमा निकटता राम्रो देखिन्छ ।
‘अमेरिकाको मुलधारे राजनितिमा आफुलाई अगाडी बढाउने कोसिसमा लागीरहेको छु’ चुनावी दौडमा रहेका ज्ञवालीले भने– ‘चुनावी अभियानका क्रममा मतदाताहरुको सहयोग र वचनवद्धताले उत्साही बनाएको छ ।’

अमेरिकामा बसेर व्यापार व्यवसाय संगै नेपाली समाजको हक हितको सवालमा पनि ज्ञवालीको सक्रियता उस्तै छ । नेपालमा रहदा समेत विकट कर्णाली देखि नेपालको हिमाल तराई देखि पहाडका विभिन्न दुर्गम जिल्लामा सरकारी तथा गैरसरकारी संस्था मार्फत उनले योगदान दिएका थिए । त्यतिबेला देखि नै सामाजिक अभियानमा सक्रिय ज्ञवाली अमेरिका आएपछि पनि आफनो व्यस्त जीवनलाई एकातिर पन्छाएर सामाजिक गतिविधीमा अहिले सम्म कटिबद्ध भएर लागेका छन् ।

ज्ञवाली हिमालय डेमाक्रेट क्लबका पुर्व अध्यक्ष संगै , लायन्स क्लब, रिजबुड नेपाली समाज देखि विभिन्न सघ संस्थामा रहेर समेत काम गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected