अमेरिका– टेस्लाका मालिक एलन मस्कको ट्वीटर कम्पनी खरिद गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।
मस्कले सोमबार ट्वीटर कम्पनी बोर्डसंग खरिद प्रकृयाका बारेमा अन्तिम कुराकानी समेत गरेको बताइएको हो ।
अघिल्लो साता उनले ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर लाई खरिद गर्ने भन्दै संचारमाध्यममा खबर आएको थियो ।
गएको १४ अप्रिलमा मस्कले ट्वीटर कम्पनी खरिद गर्ने घोषणा गरेका थिए । उनले ट्वीटर स्वतन्त्र रुपमा अगाडी बढेको प्लेटफर्म भएकाले आफुले यसलाई खरिद गर्न चाहेको बताएका छन ।
टेक अर्बपति मस्क माइक्रो ब्लगिङ साइट ट्वीटर आफनो निजी कम्पनीको रुपमा स्थापित गर्न यतिबेला लागीपरेका छन् । मस्कले ट्वीटरको सय प्रतिशत शेयर खरिद गर्न प्रति शेयर ५४.२० डलर भुगतानी गर्न समेत तयार देखिन्छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected