अमेरिका– अमेरिकाको एउटा शहरमा बिरालो मेयर बनेको छ ।
सोसल मिडियामा समेत ठुला ठुला ॲाखाका कारण चर्चामा आएको जिन्कस नामको बिरालो मिसिगनको हेल सहरको मेयर बनेको हो । तर यो बिरालो एक दिनका लागी मात्र मेयर बनेको थियो । गएको अप्रिल २४ मा यो बिरालोलाई सहरको मेयर बनाइएको थियो । मिसिगनको मेयर बन्ने जिन्कस पहिलो बिरालो समेत बनेको छ ।
बिरालोकी धनी मियाले अनलाइनमा आफनो बिरालोमा तस्विर सार्वजनिक गरेपछि ठुला ॲाखा र खुट्टाका कारण ट्वीटरमा भाइरल बनेको थियो । ट्वीटरमा पोष्ट गरेको बिरालो तस्विरलाई कसैले मिसिगनलाई मेयर पदका लागी कसैले मेन्सन गरेका थिए । त्यसपछि नै उक्त बिरालोलाई एक  दिनका लागी मेयर चुनिएको थियो । मिसिगनको यो सहरमा जनावरका लागी मेयर बन्न एक सय डलर जम्मा गर्नुपर्छ । मियाले उक्त रकम जम्मा गरिन र जिन्क्स बिरालो एक दिनका लागी मेयर बन्यो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected