अमेरिकाको कलेजमा अश्लिल सिनेमाको कोर्स, विद्यार्थी शिक्षक एक साथ बसेर हेदै

अमेरिका– अमेरिकाको एउटा कलेजले समर कक्षाको दौरान अश्लिल सिनेमाको कोर्स चलाउने तय गरेको छ ।
अमेरिकाको युटाह को साल्ट लेक सिटीको वेष्ट मिन्स्टर कलेजले यस्तो घोषणा गरेको हो । यो कोर्समा कलेजका छात्र छात्रा तथा शिक्षक एक साथ बसेर अश्लिल सिनेमा हेरेर सिनेमाको कलात्मक पक्ष तथा यसले समाजमा पार्ने असरको बारेमा समेत विश्लेषण गर्नेछन् । कलेजको यो अफर संगै सामाजिक संजालमा कतिले यसको मजाक उडाएका छन् भने कतिले यो कोर्सको समर्थन समेत गरेका छन् । तर कलेज भने आफनो फैसलाको अडानमा अडिग देखिएको छ ।
समाचार अनुसार कलेजले अश्लिल सिनेमाको नाम फिल्म ३००० राखेको छ । कलेजले यो कोर्स मे महिनाबाट संचालन गर्ने तयारी गरिरहेको छ । सामाजिक संजालमा तिव्र आलोचना पछि कलेजले कोर्सको लोकेशन परिवर्तन गरेको छ ।
कलेजकी प्रमुख बजार व्यवस्थापक शिला ¥यापपाजो योर्किनले कोर्सको स्थान पहिल्यै सुचीवद्ध गर्न नहुने बताउदै कोर्स कुनै पनि हालतमा बन्द नहुने स्पष्ट पारेकी छिन् । कलेजले बैकल्पिक पाठयक्रको तौरबाट यो कोर्स सुरु गर्न गरिरहेको हो । यो कोर्सबाट सामाजिक मुद्धा माथि समेत बहस हुने अवसर भएको कलेजले स्पष्ट पारेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...