विन लादेनले ९/११ जस्तै थुप्रै आतंककारी हमला गर्न चाहन्थे, दस्तावेजबाट खुलासा
अमेरिका– अमेरिकाले २०११ म विश्व कुख्यात आतंकवादी ओसामा विन लादेनले खोजेर मारेपछि त्यतिबेला ५ लाख भन्दा बढी पत्र र फाइल जफत गरिएको थियो ।
विन लादेख मारिएपछि लेखक तथा इस्लामिक विद्रान नेली लाहौलले कयौ वर्षसम्म ति पत्र तथा फाइलको अनुसन्धान गरेपछि डरलाग्दो खुलासा भएको छ । यी दस्तावेजबाट विन लादेनले प्राइभेट जेट मार्फत आतंककारी आक्रमण गर्न चाहन्थे किन की एयरपोर्टमा सुरक्षा कडा हुन्थ्यो । त्यसै गरि अमेरिकामा आतंक मच्चाउन रेलहरुलाई लिकबाट निकालेर पल्टाएर धेरै भन्दा धेरैको ज्यान लिन चाहन्थे ।
दस्ताबेजमा भेटिए अनुसार लादेनले अमेरिका संगै अन्य देशहरुमा समेत आतंककारी हमलाको षडयन्त्र रचेका थिए । सन् २०१० मा अफ्रिका तथा खाडी देशका कयौ क्रुड आयल ट्याक्र तथा समुन्द्र मार्गमा आक्रमणको योजना बनाएका थिए ।
लादेनलाई यो थाहा थियो कि क्रुड आयल कुनै पनि देशको अर्थव्यवस्थालाई नोक्सानी तथा फाइदा पुराउन सक्थ्यो । यसैले उनले क्रुल आयललाई नियन्त्रणमा लिएर अमेरिकी अर्थव्यवस्थालाई कमजोर बनाउन चाहन्थे । लादेनको एउटा पत्रमा विष्फोटक पदार्थले भरिएको डुंगालाई पानी जहाजमा ठोक्काएर धमाका गराएर धेरैको ज्यान लिन चाहन्थे ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...